सुशासन र जवाफदेहिता प्रर्वधनमा युवाको सहभागीता

२ भदौ २०७२नेपालगञ्ज

युवा अभियान र जिल्ला युवा क्लव सञ्जाल बाँकेको आयोजना तथा मानव अधिकार संजाल बाँकेको सहकार्यमा सुशासन र जवाफदेहिता प्रर्वधनमा युवाको सहभागीता विषयक एक दिने छलफल कार्यक्रमका सम्पन्न भएको छ ।
सोही कार्यक्रममा बोल्दै गैससका केन्द्रिय उपाध्यक्ष गोपालनाथ योगीएडभोकेसी फोरमका बसन्त गौतमहिमराइट्सका प्रकाश उपाध्यायएक्सनएडका विशाल रानामगरयुवा गैसस महासंघका अर्जुन कार्कीफातिमा फाउन्डेसनका सपना भट्राईसाथी संस्थाका कमला पन्त र आरआरएनका सुरेन्द्रदिप कार्की लगायतका वक्ताहरुले युवाका समस्याहरुको पहिचान गर्दै सुशासन र जवाफदेहिता सहित निर्णायक तहमा युवाहरुको सहभागीता हुनुपन कुरामा जोड दिदै उनिहरुमा भएका सिप र क्षमतालाई समुचित उपयोग गर्दै अवसर पनि युवाहरुलाइ प्रदान गर्ने गरियो भने मात्र सुशासन र जवाफदेहिताकायम हुने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन युवा अभियानका जिल्ला कार्यक्रम संयोजक बामदेव पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य जिल्ला युवा क्लव संजालका सचिव राजन वर्माले गर्नु भएको कार्यक्रममा युवा अभियानका क्षेत्रिय संयोजक गिरिराज अधिकारीले सहजिकरण गर्नु थियो ।

No comments:

Post a Comment