युवा नीति कार्यान्वयनमा जोड

नेपालगन्ज २४ साउन २०७२

राष्टिय युवा नीतिको परिमार्जन गरी १६ देखि २९ वर्ष सम्मकालाई युवा मानिनु पर्नेमा जोड दिइएको छ । शुक्रबार नेपालगन्जमा आयोजना गरिएको राष्टिय युवा नीति सम्बन्धी जिल्ला स्तरीय कार्यशालाका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।


कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले सरकारले युवा नीति ल्याए पनि त्यसको सहि रुपमा कार्यान्वयन हुन नसकेको बताए । युवा नीति कार्यान्वयनका लागि प्रचारप्रसारको खाँचो छ ।’ अध्यक्ष सुवेदीले भने ।

युवा अभियानद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका नेपालगन्ज ब्युरो प्रमुख जनक नेपालले युवा नीति कार्यान्वयन गर्नका लागि युवाहरुको सहभागीता सक्रिय पारिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहजकर्ता प्रकाश उपाध्यायले नेपालमा युवाहरुका लागि तोकिएको उमेरले गर्दा असली युवा अवसरबाट वञ्चित भएको बताए । युवा नीतिले १६ देखि ४० वर्ष उमेरसमुहकालाई युवा भनेको छ यसले जसले अवसर पाउनुुपर्ने हो त्यो युवाले पाउन सकेका छैनन्  ’, उपाध्यायले भने, ‘राष्टसंघले १६ देखि २९ वर्ष उमेर समूह तोकेको छ सोही अनुसार नेपालले पनि युवाहरुको उमेरलाई १६ देखि २९ वर्ष तय गर्नुपर्छ ।

नेपालले २०६६ सालमा राष्टिय युवा नीति जारी गरेको थियो । युवा नीति जारी भएपनि युवाहरुको उमेरको परिभाषा लगायतका कारणले गर्दा युवा नीति कार्यान्वयनमा आउन नसकेको सहभागीहरुले बताए ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकार (नेकपा माओवादी) का बाँके उपाध्यक्ष तुल्सीमणि केसीले युवा नीति राजनीतिक अभिप्रायले जारी गरिएका कारण राज्यले कार्यान्वयनमा ध्यान नदिएको बताए ।
जिल्ला युवा क्लव सञ्जाल बाँकेका अध्यक्ष आशिष वर्माले समुदायबाटै युवा नीतिको बारेमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

युवा नीतिमा प्रत्येक पाँच वर्षमा परिमार्जन गर्ने नीतिमा व्यवस्था भएअनुसार यस वर्ष नीति परिमार्जन हुनुपर्छ’, युवा नीतिको बारेमा जानकारी दिँदै आयोजक युवा अभियान बाँकेका जिल्ला परियोजना संयोजक बामदेव पोख्रेलले भने ।


कार्यक्रममा बाँकेका युवा प्रतिनिधिजिल्ला युवाक्लव सञ्जालका प्रतिनिधियुवा समुहयुवा अभियानकर्तासञ्चारकर्मीलगायतको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment