राष्ट्रिय युवा परिषद् बाँके शाखा गठन

October 05, 2015
नेपालगंज बांके जिल्लामा राष्ट्रिय युवा परिषदको बांके शाखा गठन भएको छ । युवाहरुको भेलाले राष्ट्रिय युवा परिषदको बांके शाखामा सोम बहादुर गुरुगंलाई अध्यक्षमा चुनेकाका छन् भने उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रुक्मणि चौहान ,बामदेव पोख्रेल, दल बहादुर सुनार र पुस्पा सुनार चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा मोहम्मद आरिफ नाउं, श्याम चौधरी, ओमप्रकास चौहान, गगनसिहं कामी, दिपा चन्द, अर्जुन विक, हरिमा घर्ती मगर र मनिषा सुनार रहेका छन् ।
राष्ट्रिय युवा परिषदले नेपालको ३३ जिल्लामा आफनो शाखा गठन गरिसकेको छ । राष्ट्रिय युवा परिषदको बांके शाखाले भविष्यमा बाँके जिल्लामा युवाहरुको सवालमा रहेर विविध सचेतनामुलक कार्यक्रम र रोड सेफटीको बारेमा विद्यार्थीहरुलाई सचेतना गर्ने र विविध सचेतनामुलक सांस्कृतिक कार्यक्रम साथै प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता कार्यक्रम समेत आयोजना गरिने छ ।

No comments:

Post a Comment